image
image

मयूर संरक्षणसंँगै पर्यटन प्रवर्दनमा गाउँपालिका

काठमाडौं। गाउँको नजीकसम्म आएर नाच्ने मयूर बिस्तारै विस्थापित हुँदै गएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिका मयूर संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जुटेको छ। विगतमा गाउँघरका नजीक–नजीकका जङ्गलमा प्रशस्त देखापर्ने मयूर आहिले देखापर्न छोडेको आठराई त्रिवेणी गाउँपालिका—४ का स्थानीयवासी प्रजिन लिम्बूले बताए।

मयू्र एक आकर्षक पन्छी हो र आज भोलि बिस्तारै मयूर लोभ हुँदै गएको लिम्बूले बताए।

केही वर्षअगाडि गाउँघर नजीकैका जङ्गलमा देखापर्ने मयूर आजभोलि विस्थापित हुन पुगेको पाथीभरायाङवरक गाउँपालिका—५ का स्थानीयवासी ठाकुरसिंह लिम्बूले बताए। स्थानीय सरकार आएपछि गाउँगाउँमा नयाँ सडक विस्तार गर्ने र भौतिक निर्माणले गर्दा पहिला प्रशस्त देखापर्ने मयूर अहिले विस्थापित हुँदै आएका सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बूले सुनाइन्।

दुर्लभ पन्छी मयूर विस्थापित हुँदै गए पनि संरक्षणका लागि स्थानीय सरकार तथा सरोकारवालले कुनै चासो नदिएको उनले बताइन्।

भौतिक विकास निर्माणसँगै मानवीय गतिविधि बढेकाले मयूर विस्थापित हुँदै गएपछि मेरिङदेनले मयूर संरक्षणमा लागेको गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए। गाउँपालिकाले चालु आर्थिक वर्षमा मयूर संरक्षण बजेटसमेत विनियोजन गरेर संरक्षण गर्न लागेको हो। मयूर संरक्षणका लागि गाउँपालिकाले एकजना कर्मचारी कारारमा नियुक्ति गरेको छ।  

मयूरको आहारा दिने, पानी दिने र रेखदेख गर्नका लागि कर्मचारी नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ। दुई वर्षदेखि गाउँपालिकाले संरक्षण गर्न थालेपछि जङ्गलमा दैनिकरुपमा मयूर देखा पर्न थालेका मेरिङदेन–२ का पूर्णहाङ लिम्बूले बताए।

चालु आवमा मयूरको आहारा व्यवस्थापन गर्नका लागि गउँपालिकाले रु तीन लाख रकम विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता बराइलीले बताए। मयूर संरक्षण गर्न कर्मचारीको तलबका लागि रु दुई लाख गाउँपालिकाले विनियोजन गरेको जनाइएको छ। मेरिङदेन–५ र २ क्षेत्रलाई मयूर संरक्षण क्षेत्र घोषणा गरेर संरक्षण गरिएको प्रवक्ता बराइलीले बताए। मकै, धान जस्ता विभिन्न खाद्यान्न दैनिक आहाराका रुपमा मयूरलाई दिइँदै आईएको छ।

आगामी वर्षमा मयूरको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड दिन योजना निर्माण गर्ने गाउँपालिको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले बताए। गत वर्षदेखि गाउँपालिकाले योेजना बनाएर संरक्षण गर्न थालेसँगै मयूरको सङ्ख्यासमेत वृद्धि भएको स्थानीयवासी देउमान लङवाले बताए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।