१० महिनादेखि बन्द सीमा क्षेत्रका ३० नाका खुला
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)का कारण बन्द सीमा नाका खुल्ला गरिएको छ । नेपालसंग सिमाना जोडिएका भारत र चिनका ३० वटा नाका खोलिएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार भारतका २८ र चीनका दुईवटा नाका खोलिएका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि चैत १० गतेदेखि भारत र चीनसँग जोडिएका नाकाहरू बन्द गरिएको थियो । यसअघि भारतका १० र चीनका एक नाका खुला गरिएको थियो । नाका खुलेसंगै मनिसहरुको चहलपहल बढ्न थालेको छ साथै होटल व्यवसायीहरु तथा आयात निर्यातकर्ताहरुले पनि सहजता महसुस गरेका छन ।
सीमा नाका खुले लगत्तै नेपालकै सबभन्दा ठूलो नाका वीरगञ्ज–रक्सौल क्षेत्रका व्यवसायी तथा सर्वसाधारण खुसी भएका छन् । करिब १० महिनादेखि सीमा नाका बन्द हुँदा व्यवसायी तथा सर्वसाधारणलाई आउजाउमा समस्या भएको थियो । उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुवोध गुप्ताले नाका बन्द हुँदा मानिसको आवतजावत त थियो तर सहज नभएको कारण आमजनता तथा व्यवसायीसमेत समस्यामा थिए तर अब यसले केही राहत भएको बताए।
कुन–कुन नाका खुले ?
पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रुपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), खलंगा/पुलाघाट (दार्चुला), झुलाघाट (बैतडी), खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक)