image
image

ऊनबाट बनेका सामग्रीले बजार पाएनन्

रुकुम । भौगलिक रुपमा विकट रुकुम-पूर्वका कृषकले पूर्खाैँदेखी भेडा बाख्रापालन गर्दै आएका छन ।

जिल्लाको माथिल्लो भेगमा मगर समुदायको बाहुल्यता छ । यी समुदायका नागरिकले भेडाको ऊनबाट विभिन्न सामग्री निर्माण गरेर आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय बढ्दो आधुनिकतासँगै ऊनबाट बनेका सामग्रीले बजार नपाउँदा भने राडीपाखी व्यवसाय सङ्कटमा परेको छ । पुथाउत्तरगंगा गाउँपालिका-१० तकसेराकी बिजुली बुढा आफुले थाहा पाउने भएदेखी भेडाको ऊनबाट बन्ने सामाग्री बनाउँदै आएका छन ।

घरमा भेडा बाख्रापालन हुने भएकाले उहाँ सानैबाट धागो कात्ने, राडीपाखी, पटुका, टोपी, पञ्जा, मोजा, गलैँचा, स्वीटर, घुम लगायतका सामाग्री बनाउछन ।  पहिला यी सामाग्रीले सहजै बजार पाउँथे ।

अहिले उत्पादन भएपनि बिक्री नहुँदा पेशा सङकटमा परेको बिजुली बताउछिन  पुथाका अधिकांश ठाउँमा भेडापालन गरिन्छ भने भूमेका चारवटा वडामा पनि भेडाबाख्रा पालन हुँदै आएको छ ।

भेडाका ऊनबाट बनेका सामग्री बनाउने र बिक्री गर्ने गरेका स्थानीयवासीको रोजगारी त्यसैबाट भएको थियो । पछिल्लो समय आधुनिक प्रविधि र आयातित कपडाका कारण परम्परागत रूपमा हरेक घरमा बुनिँदै आएको राडी, पाखी र बख्खु विस्तारै लोप हुन थालेका छन् ।

जिल्लामा यी सामाग्री बुन्न महिला बढी सक्रिय छन् । परम्परागत यो पेशालाई उद्योगको रुपमा स्थापना गर्ने उनीहरुको चाहना छ । यसमा सरकारले सहयोग गर्नुपर्ने पृथा –११ कि सीता बुढा मगरको भनाइ छ । भेडाको रौँबाट ऊन तयार पारेर राडी, पाखी र बख्खु बुन्ने कार्य कठिन त छँदैछ र त्यसका लागि समय पनि लामो लाग्छ ।

पुराना पुस्ताले गाउँमै बुनिएको कपडाहरू प्रयोग गर्दै आएपनि नयाँ पुस्ताले प्रयोग नगर्ने र पेसा संरक्षणमा पनि चासो नदेखाएको कारण भविष्यमा राडी, पाखी र बख्खुहरू देख्न नपाइने स्थानीयबासीको चिन्ता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।