राष्ट्रिय बिमा संस्थानको जीवन बिमा कोषमा ३२ अर्ब ४४ करोड
काठमाडौं : राष्ट्रिय बिमा संस्थानले आर्थिक वर्ष २०७७–७८ को तेस्रो त्रैमासमा ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा १.४३% ले थोरै हो । गत वर्ष यसले ४ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म संस्थानको खुद बिमा शुल्क आम्दानी पनि १.०२% ले घटेर ६ करोड ७७ करोड रुपैयाँमा झरेको छ । गत वर्ष यसले ६ अर्ब ८४ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
संस्थानले यो त्रैमाससम्म २ अर्ब ५४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यता, कम्पनीले जीवन बिमा कोष भने २६ अर्ब ७० करोड रुपैयाँबाट बढोत्तरी गरेर ३२ अर्ब ४४ करोड पुर्याएको छ । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३३ करोड ४४ लाख रुपैयाँ छ । यसको सर्वसाधारणमा सेयर जारी नभएकाले नेप्सेमा सूचीकृत भएको छैन ।