प्रवासी नेपालीको अभियान ‘अक्सिजन पठाऔँ, आफन्त बचाऔँ’
काठमाडौँ । नेपाल कोभिड १९ को दोश्रो लहरले आक्रान्त भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यानबचाऔँ’ अभियान सुरु गरेको छ । संघले अस्पतालमा अक्सिजन, आइसीयू, बेड, र अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव हुँदा दिन प्रति दिन मृत्यु हुनेको सँख्या बढ्न थाले पछि सो अभियान सुरु गरेको हो ।
संघका महासचिव डा. हेम राज शर्माले संकटको घडीमा ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानका साथ आर्थिक संकलन अभियान सुरु गरिएको बताए । साथै घले सुझाव संकलन गर्न मे १५ तारिख शनिबार नेपाल समय साँझ ६ बजे एक बैंठकको आयोजना गरिएको जनाएको छ ।
त्यस्तै संघले प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पदाधिकारी, मानार्थ परिषद् सदस्य तथा अन्तर्राष्ट्रिय परिषद् सदस्य, पूर्व पदाधिकारी, राष्ट्रिय समन्वय परिषद् अध्यक्षहरुलाई सो अभियानमा सहयोगको लागि अनुरोध गरेको छ ।