सीसीएमसीले अस्पताललाई कोटा प्रणलीबाट अक्सिजन वितरण गर्ने निर्णय हटायो
काठमाडौँ, ३१, शुक्रबार । कोरोना भाइरस ९कोभिड–१९० संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले उपत्यकाका अस्पताललाई तोकेको अक्सिजन सिलिण्डरको कोटा प्रणाली हटाएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको सीसीएमसीले अक्सिजन अभाव हुन नदिन भन्दै आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
तर, शुक्रबारबाट अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैँले लिएको छ । सीसीएमसीका सचिवालय सहसचिव नुरहरि खतिवडाले सीसीएसीले तोकेको अक्सिजन कोटा प्रणाली शुक्रबारबाटै हटाइएको जानकारी गराएका छन ।
‘हामीले कोटा प्रणाली तोकेका थियौं । तर, आजबाट स्वास्थ्य मन्त्रालयले आफैँ जिम्मा लिएर अक्सिजनको व्यवस्थापन गर्छु भनेको छ । सीसीएमसीले बनाएको कार्यदल पनि आजबाट निष्कृय भएको छ,’ खतिवडाले भने ।
सीसीएमसीले तोकेको कोटा प्रणाली प्रर्याप्त नभएको भन्दै अधिकांश निजी अस्पतालहरूले कोरोना भाइरसका नयाँ संक्रमितका बिरामी भर्ना नलिने भन्दै विज्ञप्ति जारी गरेका थिए ।