श्री एयरलाइन्सको काठमाडौं–बैंकक चार्टर उडान
काठमाडौँ, ३१, शुक्रबार। श्री एयरलाइन्सको काठमाडौं–बैंकक चार्टर उडान गरेको छ । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले ११ जना यात्रु सहित शुक्रबार काठमाडौं–बैंकक चार्टर उडान गरेको हो।
नेपाल स्थित थाइ राजदुतावासको पहलमा गरिएको यो उडान मार्फत फर्किदा जहाजले २४ थान अक्सिजन कन्सन्ट्रेटर ल्याउन लागेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए।
थाइल्याण्ड सरकारको तर्फबाट सहयोग स्वरुप दिइएको १७ थान र गैरआवासिय नेपालीले सहयोग स्वरुप दिइएको सात थान अक्सिजन कन्सन्ट्रेटर ल्याउन लागेको उनले जानकारी गराएका छन्। कम्पनीले यो कन्सन्ट्रेटर निशुल्क ल्याउन लागेको हो।