दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर र आइसीयू प्रयोगविहीन
काठमाडौँ,३१, शुक्रबार । गत वर्ष कोरोना सङ्क्रमणको दर अत्याधिक रुपमा बढेकाले दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो। अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आइसीयू कक्षसमेत सञ्चालन हुनसकेको छैन । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा निरञ्जन पन्तको सरुवा भएपछि कुनै पनि किसिमको सेवा सञ्चालन हुन सकेको छैन ।
कोरेना संक्रमणले धेरै च्यापेका बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गराउदा केही हदसम्म बाँच्ने सम्भावना हुन्छ, तर अहिले श्वासप्रश्वासको समस्या भएका बिरामीलाई सामान्य अक्सिजनको भरमा उपचार गरिँदै आएको छ।
दैलेखमा कोरोना सङ्क्रमणबाट हालसम्म १६ जनाको मृत्यु भइसकेको छ। अधिकांश बिरामी श्वासप्रश्वासको समस्या भएर गम्भीर अवस्थामा आउने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले बताए। ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दुई साताअघि नै जनशक्ति लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकबाट बारम्बार निर्णय गरेर माग गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको जानकारी दिए।