कोभिडका कारण ओरियण्टल होटल्स २१ करोडभन्दा बढी नोक्सानीमा
काठमाडौँ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ओरियण्टल होटल्स लिमिटेड रू. २१ करोड ११ लाख ४८ हजार खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष यस अवधिसम्म रू. ११ करोड ४६ लाख ९६ हजार खुद नाफामा रहेको कम्पनीको आम्दानी घटेसँगै नोक्सानी बढेको हो ।गत वर्ष रू. ६९ करोड ३ लाख ३९ हजार सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ५९ लाख ७२ हजार मात्र आम्दानी गरेको हो ।
कम्पनीको आम्दानीमा ११७ दशमलव २८ प्रतिशत कमि आएको हो । यस वर्ष कम्पनीले रू. २४ करोड १८ लाख ५ हजार कुल खर्च गरेको छ । यो खर्च रकम गत वर्ष रू. ४८ करोड ६१ लाख ९२ हजार थियो ।
कोरोना भाइरसका कारण होटल्स व्यवसाय प्रभावित हुँदा उक्त कम्पनी नोक्सानी भएको हो । उक्त कम्पनीको आम्दानीसँगै व्यवस्थापिकय खर्च पनि घटेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड ८० लाख ९० हजार रहेको छ भने जगेडा कोष रकम रू. ८८ करोड ८५ लाख ७९ हजार रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. १ अर्ब १३ करोड २० लाख ८५ हजार थियो ।