सांसदहरुले कोरोना भाइरसविरुद्ध खोपको दोश्रो डोज लगाउँदै
काठमाडौँ,३१, शुक्रबार । सभामुख अग्निप्रसाद सापकोटाले कोभिसिल्ड खोपको दोश्रो मात्रा लगाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिसिल्डको दोश्रो डोज लगाएका हुन् । संसद सचिवालयले नयाँ बानेश्वर स्थिति संघीय संसद भवनको ल्होत्से हलमा आज शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको छ ।
ल्होत्से हलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिसिल्डको दोश्रो खोप लगाएका छन् । बिहान १० बजे देखि ४ बजे सम्म खोप लगाइने सचिवालयले जनाएको छ ।
त्यसैगरी भोली शनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु,अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँ बानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आईतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोश्रो डोज लगाइने छ ।