उत्तर प्रदेश सरकारले सय अर्ब बराबरको कोभिड खोप खरिद गर्दै
काठमाडौँ, ३१, शुक्रबार। उत्तर प्रदेश सरकारले सय अर्ब बराबरको कोभिड खोप खरिद गर्ने भएको छ । भारतको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको उत्तर प्रदेशले अमेरिकाको फाइजर, रुसमा निर्मित स्पट्निक भी लगायतका थुप्रै कम्पनीहरुसँग छलफल गरि १०० अर्ब भारतीय रुपैँया बराबरको खोप खरिद गर्ने भएको हो ।
यस्तो अवस्थामा बढ्दो संक्रमण र खोपको गम्भीर अभावपछि महामारी नियन्त्रणमा ल्याउन उत्तर प्रदेश सरकारले यस्तो निर्णय लिएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । यसले भारतकै सिरम इन्सटिच्युटसँग पनि वार्ता गरिसकेको छ जसले एस्ट्राजेनेका, नोभाभ्याक्स लगायतका खोप बनाउने लाइसेन्स प्राप्त भैसकेको छ ।
उत्तर प्रदेशले ४ करोड बढी खोपको डोज केही महिना भित्र खरिद गर्ने र विश्वव्यापी टेन्डरमा सहभागी हुने तयारी पनि गरिरहेको प्रदेशका प्रवक्ता नभनीत सेगलले संचार एजेन्सी रोयटर्ससँग बताएका हुन् ।
शेगलको भनाइ अनुसार “यसमा पैसाको कुनै पनि किसिमको मुद्दा नभएको उनले बताएका छन् । यसमा हाम्रो बजेट धेरै ठूलो छ । हामी यसका लागि १०० अर्ब भारतीय रुपैँयासम्म खर्च गर्न सक्छौँ । तर सो रकम पुर्याउन अन्य विभागबाट पनि कोष ल्याउनुपर्ने उनले बताएका छन्।