image
image

नेपाल लघुवित्त बैंकर्स संघले कोरोनाबाट सचेत भई सेवा सुविधा दिन आग्रह

काठमाडौँ,३१, शुक्रबार । नेपाल लघुवित्त बैंकर्स संघ ले ग्राहकहरूलाई सक्दो सेवा सुविधा दिन लघुवित्त संस्थाहरूलाई आग्रह गरेको छ । वैशाख २८ गते बसेको संघको कार्यसमितिको बैठकले हालको समयमा ग्राहक सदस्यलाई सक्दो सेवा दिनुपर्ने देखिएकाले संक्रमण जोखिमलाई न्यूनीकरण गर्दै आफ्नो कार्यक्रम सञ्चालन गर्न लघुवित्त संस्थालाई आग्रह गरेको हो ।

लघुवित्त संस्थाहरूलाई निर्देशन दिदै संघले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत नेपाल राष्ट्र बैंकको निर्देशनानुसार कर्मचारी तथा ग्राहक सदस्यको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सतर्कता एवं मापदण्डको पूर्णरुपमा पालना गर्ने गरी उच्च सतर्कताका साथ आवश्यक सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

साथै, सम्बन्धित जिल्ला तथा स्थानीय निकायले बन्दाबन्दी÷निषेधाज्ञा घोषणा गरेका कुनै पनि स्थानमा केन्द्र बैठक, सदस्य भेटघाट जस्ता भिडभाड हुने तथा संक्रमणको जोखिम हुनेगरी गतिविधि नगर्न, ग्राहक सदस्यलाई चाहिएको आवश्यक सेवा आफु र ग्राहक सदस्यलाई पूर्णरुपमा सुरक्षित हुने गरी प्रदान गर्न तथा सम्भव भएसम्म विद्युतीय माध्यमबाट बचत एवं किस्ता असुली गर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।