उपत्यकामा निषेधाज्ञा उल्लङघन गर्ने १९ सय ९२ वटा सवारी होल्डमा
काठमाडौँ, ३१, शुक्रबार। ट्राफिक प्रहरीले निषेधाज्ञाको नियम पालना नगरी चलाइएका १ हजार ९९२ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको जनकारी गराएको छ। होल्ड गरिएकामा १ हजार ३०५ वटा दुई पाङग्रे, ४३५ वटा चार पाङ्ग्रे, ९२ वटा ट्याक्सी र १६० वटा अन्य ठूला सवारी साधन रहेका छन्। निषेधाज्ञाका समयमा अत्यावश्यक सेवा र पास भएका बाहेकका सवारी साधनको आवागमनमा निषेध गरिएको छ।









