image
image

अब बैंकहरुले ५० हजार भन्दा कम रकम डिपोजिट नलिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कारोबारको रकम सीमित गर्न बैंकहरुलाई निर्देशन दिएसँगै  शुक्रबारदेखि न्यूनतम ५० हजार रूपैयाँभन्दा कम डिपोजिट नलिने बैंकर्स संघले निर्णय गरेको छ। त्यस्तै निषेधाज्ञाको अवधिमा पनि उपत्यकाका बैंकहरुमा सर्वसाधारणको भीड बढ्न थालेपछि बैंकहरुले अत्यावश्यक ५ सेवा मात्रै दिने भएका छन्। 


आज वाणिज्य बैंकका सिइओहरुको जुम मिटिङमा केही बैंकका सिइओले अहिलेको अवस्थामा बैंक पूर्णरुपमा केही दिन बन्द गर्नुपर्ने सुझाव दिए पनि राष्ट्र बैंकले थोरैभन्दा थोरै कर्मचारी राखेर दैनिक केहि घन्टा मात्र बैंक सञ्चालन गर्नुपर्ने तर बन्द नगर्न निर्देशन दिएको थियो।  

अहिले बैंकमा एक हजारदेखि पाँच हजारसम्म जम्मा गर्न जाने र त्यही बाहानामा बाहिर निस्कने सर्वसाधारण पनि भएकाले त्यस्तो प्रवृत्तिलाई हाललाई रोक्न निक्षेप संकलनमा सीमा तोकिएको संघले जनाएको छ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।