अखिल (क्रान्तिकारी) द्वारा कोभिड हेल्प डेस्क सुरु
काठमाडौं ।कोरोनाको दोस्रो लहरका कारण मुलुकको अवस्था भयावह कोभिड संकटमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कोभिड हेल्प डेस्क सुरु गरेको छ। सामान्य सहयोग पुर्याउने हेतुले कोभिड हेल्प डेस्क सुरु गरिएको सो संगठनले जनाएको छ ।
क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गरी उपचारका लागि सरकारलाई अविलम्ब नागरिकको स्वास्थ्य उपचारमा ध्यान पुर्याउन माग गरेका छन् ।क्रान्तिकारीले तत्काल स्वास्थ्य संकटकाल लगाएर देशका श्रोत साधन परिचालन र विदेशी सहायता, दातृ निकायसँगको समन्वय लगायतका विकल्पको समुचित परिचालन मार्फत भयावह अवस्थामा गम्भिर बन्न नेपाल सरकार, सम्पुर्ण राजनीतिक दल, बिभिन्न जिम्मेवार निकायहरुलाइ अनुरोध समेत गरेको छ ।