image
image
हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर सम्झौता हुँदै

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर सम्झौता हुँदै

काठमाडौं, ३० बैशाख । आज नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक विच मर्जरको सझौंतापत्रमा हस्ताक्षर भएको छ । हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बेंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।


मर्जर पछि बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्टका पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा हुने सहमति भएको छ । इन्भेष्टमेन्टका ज्योति पाण्डे भने डेपुटी सिइओ हुने सहमति भएको छ । दुबै बैंक विचमा बराबरी हैसियतमा मर्जरको सहमति भएको हो । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २५ करोड रहेको छ भने हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड मात्र रहेको छ । मर्जर पछि बैंकको चुक्ता पूँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा कोषमा १२ अर्ब ९४ करोड छ भने हिमालयन बैंकको जगेडामा जम्मा ६ अर्ब १९ करोड मात्र छ । दुई बैंकबीच मर्जर पछि १९ अर्ब रुपैयाँ भन्दा बढी जगेडामा जम्मा हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।