महामारीमा मौका छोप्दै व्यापारी, १५ रुपैयाँसम्म बढाईयो मूल्य
काठमाडौँ।सरकारी निकायले मौन समर्थन जनाइदिएपछि कोरोना महामारीको विषम परिस्थितिमा पनि मौका छोपेर व्यापारीहरुले मुल्य वृद्धि गरेका छन् । निषेधाज्ञा सुरु भएको वैशाख १६ देखि २९ गतेसम्म खाने तेल, चामल, मुसुरोको दाल र चिनीको भाउ किलो तथा लिटरमा ३ देखि १५ रुपैयाँसम्म बढाइएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
निषेधाज्ञाको अघिल्लो दिनसम्म होलसेलमा ७५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनीको मूल्य अहिले ८६ रुपैयाँ प्रतिकिलो पुगेको अधिकारीले बताए । खुद्रामा बिक्री गर्दा अहिले चिनीको भाउ किलोमा ९५ रुपैयाँ पुगेको उनको भनाइ छ ।
यस्तै निषेधाज्ञा अघि प्रतिलिटर २२५ रुपैयाँमा झरेको सनफ्लावर खाने तेलको भाउ निषेधाज्ञाकै अवधिमा २४० रुपैयाँ पुगेको अधिकारीले बताए । प्रतिकिलो ११२ रुपैयाँमा पाइने मुसुरोको रातो दालको भाउ पनि १२० देखि १२५ रुपैयाँ पुर्याइएको छ भने सबै खाले चामलको भाउ किलोमा तीन रुपैयाँले बढेको संघले जनाएको छ ।
यस्तै चिनी र खाने तेलको भाउ बढेको भएपनि अन्य खाद्य सामग्रीमा भने मूल्य वृद्धि नभएको जनाएको छ ।बजार अनुगमनको नाममा केही स–साना खुद्रा पसलमा अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य बढाउन मूख्य भूमिका खेल्नेमाथि भने कुनै कारबाही गरेको छैन ।