image
image

काठमाडौं महानगरद्वारा पीसीआर परीक्षणका लागि स्वाव संकलन फेरि सुरु

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाले बिहीबारदेखि पीसीआरका लागि स्वाब संकलन सुरु गरेको छ।काठमाडाैँ महानगरपालिकाले कन्ट्र्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गर्ने गरेको थियो।

कोभिड संक्रमणमा कमी आएपछि महानगरले ५ वटा केन्द्र तोकेर व्यवस्थापन गरेको थियो।तर, केन्द्र नपरेको स्थानमा पनि आवश्यकताका आधारमा पीसीआरका लागि स्वाब संकलनको व्यवस्था मिलाउँदै आएको महानगरले आफ्ना स्वास्थ्यकर्मीलगायत त्यस कार्यमा जुट्ने कर्मचारीमा कोभिड संक्रमण देखिएपछि केही समय स्वाब संकलनको कामलाई स्थगन गरेको थियो।

दोस्रो लहरमा लक्षणसहितका संक्रमितको संख्या अत्यधिक वृद्धि भएको र जटिल किसिमका लक्षण पनि देखिन थालेपछि महानगरले जनशक्ति थप गरेर भए पनि पीसीआरका लागि स्वाब संकलन कार्यलाई पुनः सञ्चालनमा ल्याएको महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।