image
image

दोहोरो अंकले बढ्यो नेप्से ​

काठमाडौँ ।  साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । परिसूचक १० दशमलव १३ अंकले २ हजार ६ सय ८४ अंकमा पुगेको छ । दिनभर भएका ८६ हजार २ सय ९६ कारोबारबाट २ करोड १९ लाख ५५ हजार ९४३ सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २ सय ८० रुपैयाँ कारोबार रकम पुगेको छ ।


समग्रमा परिसूचक बढे पनि व्यापार, होटल तथा पर्यटन, उत्पादन मूलयक लगायतका समूहका सवइन्डेक्स घटेका छन् । व्यापार समूह २३ दशमलव ८६ अंकले घटेको छ भने होटल तथा पर्यटन १९ दशमलव ३५ अंकले घटेको छ ।

उता आज सबैभन्दा धेरै फाइनान्स समूहमा आकर्षण देखिएको छ । यो समूहको सेयर मूल्य ४ दशमलव ६८ प्रतिशत अर्थात ६० दशमलव २४ अंकले बढेको छ । विकास बैंक समूह पनि ७१ दशमलव १९ अंकले बढेको छ ।

विहिबार धेरै कमाउनेमा समता घरले लघुवित्त देखिएको छ भने धेरै गुमाउनेमा रिढी हाइड्रोपावर देखिएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।