बैंकिङ सेवा बन्द गर्न मिल्दैन: राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वितिय संस्थाहरु बन्द नगर्ने बताएको छ । कोरोनको त्रास बढेर बढेको भन्दै १ साताका लागि बैंकिङ सेवा ठप्प पार्ने विषयमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघ छलफल भइरहेको भन्ने खबर बाहिरिएपछि राष्ट्र बैकले यस्तो बताएको हो ।
सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेकाले बैंक बन्द गर्ने विषयमा कुनै पनि छलफल नभएको केन्द्रीय बैंकले जनाएको छ । बैंकहरु बन्द गर्दा आयात निर्यात लगायतका अत्यवाश्यक वस्तुको कारोबार तथा आयात ठप्प हुने भएकाले त्यस्तो गर्न नमिल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।