image
image

 सेयर बेचेको पैसा तत्काल दिन धितोपत्र बोर्डको निर्देशन 

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डले अत्यावश्यक पर्दा सेयर बेचेको रकम तत्काल लगानीकर्तालाई उपलब्ध गराउन धितोपत्र दलाल व्यवसायी (ब्रोकर) निर्देशन दिएको छ। बोर्डले एक सूचन जारी गर्दै  कोरोना महामारीबीच जारी निषेधाज्ञाका बेला अत्यावश्यक हुन सक्ने भन्दै यस्तो निरदेशन दिएको हो ।

बोर्डले आज धितोपत्र दलाल, मर्चेन्ट बैंकर र सम्बद्ध सबै पक्षहरुलाई निर्देशन दिएको छ । यसैगरी बोर्डले सिस्टम सर्पोट र सूचना प्रविधिसम्बन्धी कार्य वर्क फ्रम होममार्फत सञ्चालन गर्न पनि निर्देशन दिएको छ। सिस्टम सञ्चालनका लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउन पनि निर्देशन दिएको छ।

साथै नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी गरेका आदेशअनुसारका स्वास्थ्य मापदण्डहरु तथा व्यवस्थाहरु पूर्ण रुपमा पालना गर्दै  लगानीकर्ताका गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेका कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्न र थप मोबाइल नम्बर उपलब्ध गराउन पनि बोर्डले निर्देशन दिएको छ। 
     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।