image
image

महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा शुल्क सतप्रतिशतले वृद्धि

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९९.५१ प्रतिशतले बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ७८ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

बीमा शुल्क आर्जन सँगै जारी भएको बीमालेखको संख्या पनि १६२ प्रतिशतले बढेको छ । तेस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीले २३ हजार २१९ वटा जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ८ हजार ८७२ वटा जीवन बीमा पोलिसी बिक्री गरेको थियो । कम्पनीले ९ महिनाको अवधिमा २ करोड ८२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले आफ्नो जीवन बीमा कोष १७१ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोष एक अर्ब ३३ करोड रुपैयाँको भएको छ । गत वर्ष यस्तो कोषमा ४९ करोड १९ लाख रुपैयाँ जम्मा भएको थियो । कम्पनीले दिर्घकालिन क्षेत्रमा मात्रै २ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । विभिन्न क्षेत्रमा कर्जा लगानी गरे बापत ७ करोड १८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।