मर्जरका लागि हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच सम्झौता हुँदै
काठमाडौँ। दुई ठूला बैंकहरु हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता हुने भएको छ । दिउसो तीन बजे दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति हुने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए ।
त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको भनाइ अनुसार, धेरै ठुलो मेहनतका विच मर्जरका लागि सम्झौता हुने भएको छ । कोरोना भाइरस महामारी ९कोभिड–१९० का कारण ठुलो समारोहको आयोजना नगरी दुबै बैंकका सञ्चालक समितिका सदस्यहरु उपस्थितिमा सम्झौता हुन लागेको हो ।
मर्जर पछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर एक हुने प्रारम्भिक सहमति जुटेको छ । तर अहिले नामको विषयमा मात्रै सहमति भएको अध्यक्ष गौतमले जानकारी दिए ।