इजरायली रकेट हमलाबाट ज्यान बचाउन बंकरमा लुक्दै नेपाली
काठमाडौँ। इजराइलमा जारी द्धन्द्धको अवस्थामा पनि कुनै नेपाली हताहत नभएको लामो समयदेखि इजरायलमा कार्यरत नेपाली दिपक प्रसाद ओलीले जानकारी दिएका छन्।
विगत एक सातादेखि प्यालेस्टाइनको हमास समूहले इजरायलमा आक्रमण गरिरहेको छ। यो घटनामा छिमेकी भारतको केरला निवासी ३० वर्षीय सोमैयाको निधन भएको थियो।
यहाँ सयौंको संख्यामा कार्यरत नेपालीहरू पनि रहेको तर नेपालीहरु कसैलाई पनि कुनै किसिमको क्षति नभएको ओली बताउँछन्।
राजधानी तेल अभिभमा पनि मंगलबार राती र बिहान मिसाइल प्रहार गर्ने असफल प्रयास भएको थियो।
इजराइली सरकारले अशक्तहरूलाई बंकरमा जान निर्देशन दिइरहेको छ। अन्यको हकमा साइरन बजेको ४० सेकेण्डमा बंकरमा प्रवेश गर्न आदेश दिइएको छ।
‘यहाँ कार्यरत नेपालीहरू अनुभवी छन्। बेलाबेलामा हुने युद्धको स्थितिबारे जानकार भइसकेको हुनाले सतर्क बसेका छन्,’ उनले भने, ‘आपतकालीन साइरन बजेको खण्डमा ४० सेकेण्डभित्र बंकरमा पुग्न सक्षम भएका छन्।’
इजरायलमा हाल २५ सयको हाराहारीमा नेपाली रहेका छन्।