ओमन बाट ६०० अक्सिजन सिलिन्डर ल्याइँदै
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।
गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।
गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरूप प्राप्त हुने अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिवार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले शनिवार मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा संकलित करीब ४०० थान अक्सिजन कन्सन्टेटर ४०० थान सिलिन्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सिलिन्डरका अलावा चीनबाटै ८ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ ।
एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधवार सामाजिक सञ्जालमा लेख्दै नेपालमा कोरोना संक्रमित बिरामीलाई अक्सिजन पुर्याउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनिवारसम्म काठमाडौं पुर्याउने प्रयासमा रहेको जनाए ।
ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उनले बताए । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ । नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०– १२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।
निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ ।