कोरोना सक्रमित बिरामीलाई अस्पताल पुर्याउने यी टेम्पोचालक
काठमाडौँ। कतिपयले मानिसले कोरोना भाइरस महामारीलाई कमाउने अवसर बनाए त केही यस्ता मानिस पनि भेटिए जसले यो समयमा कोरोना संक्रमित बिरामीलाई हरदम सेवा दिँदै आएका छन् । कोल्हापुरकाटेम्पोचालक जितेन्द्र सिन्देले कोरोना भाइरस महामारीको यो समयमा १५ सयभन्दा बढी मानिसलाई आफ्नो टेम्पोमा राखेर अस्पताल पुर्याए। सिन्देले हजार जनासँग त पैसा पनि लिएनन्, निःशुल्क अस्पतालसम्म पुर्याइदिए। कोरोनाको दोस्रो भेरिएन्टबाट आक्रान्त भारतमा अहिले एम्बुलेन्सको पनि अभाव भएको छ।









