कालिमाटी बजार बन्दसँगै धादिङमा उत्पादित तरकारी अलपत्र
काठमाडौँ । धादिङमा उत्पादित हरियो तरकारीको मुख्य बजार कालीमाटी तरकारी बजारमा तरकारी बेच्न बन्द भएपछि तरकारी उत्पादक किसानहरु समस्यामा परेका छन ।
कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि तरकारी बजार बन्द भएपछि अहिले धादिङका किसानहरुले उत्पादन गरेको तरकारीको मुल्य नै नगरी तरकारी संकलन केन्द्रहरुमा छाड्न थालिएको छ ।
धादिङ जिल्लामा उत्पादित पचहत्तर प्रतिशत तरकारी विक्री गर्ने मुख्य बजार नै काठमाण्डौंको कालीमाटी तरकारी बजार हो ।
अहिले कालीमाटी तरकारी बजार बन्द भएपछि किसानहरु झनै समस्यामा परेको गुनासो गर्छन ।
तरकारी संकलन गरी कालीमाटीलगाएत अन्य बजारमा लगेर विक्रि गरिदिने विक्रेताहरु भने सबै प्रकारको तरकारीको मुल्य प्रतिकिलो सातदेखि दश रुपैँया भएको बताउँछन ।
यसरी प्रतिकिलो तरकारीको मुल्य दश रुपैँयामा विक्रि गर्दा किसानहरुको उत्पादन मुल्य पनि नउठ्ने र विक्री गरिदिने विक्रेताहरुको गाडि भाडा तिर्न समेत नपुग्ने भएपछि अब तरकारी के गर्ने भन्ने चिन्तामा तरकारी संकलकहरु पनि परेका छन ।
गत वर्ष पनि तरकारी उत्पादनको मुख्य समयमा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लक डाउनका कारण यस्तै अवस्था आई घाटा बेहोरेका तरकारी उत्पादक किसानहरु यस वर्ष पनि घाटा बेहोर्नु परेको गुनासो गर्छन ।