image
image

कञ्चनपुरमा थप एक साता निषेधाज्ञा लम्बियो  

काठमाडौँ। कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनमा उच्चदरमा फैलिँदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको थप गरेको हो ।

यसअघि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि तोकिएको थियो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । सञ्चालन हुँदै आएको महेन्द्रनगरस्थित तरकारी बजार ९सब्जीमण्डी० बुधबारदेखि बन्द गरिएको छ । तरकारी बजारमा निकै भिडभाड हुन थालेपछि कोरोनाको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।