image
image

कोपी शर्मा ओलीले एमालेलाई बैठक बस्न बोलाए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् । असन्तुष्ट झलनाथ खनाल माधव नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न अन्तिम प्रयास कसरी गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको ओली निकट एक स्थायी समिति सदस्यले जानकारी दिए । 

उनका अनुसार खनाल नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न आज अन्तिम प्रयास गरिनेछ । बैठक बालुवाटारमा सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार बैठकको एजेन्डाबारे त्यही छलफल हुने भएपनि केही महत्वपुर्ण निर्णय हुनसक्ने अपेक्षा आफुले गरेको बताए । 

यसैबीच ओली समूहका नेता तथा अर्थमन्त्री विष्णु पौडेल नेता नेपालसँग छलफल गर्न आज बिहानै नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेर पौडेलले राजीनामा नदिन आग्रह गरेको बुझिएको छ । 

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।