कोरोनाबाट बच्न गाईको गोबर–गहुँतले नुहाउदै मानिसहरु, चिकित्सकहरूले दिए चेतावनी
काठमाडौँ । भारतको गुजरातमा केहि अन्धविश्वासी मानिसहरुले कोरोना संक्रमण बाट बच्न गाईको गोबर–गहुँतले नुहाइरहेका छन् । कोरोनाविरुद्धको लडाईंमा प्रतिरोधी क्षमता बलियो बनाउन सकिन्छ र कोरोनाभाइरस भइहालेता पनि यसले यो खतरनाक भाइरसलाई बचाउने विश्वासका साथ यी मानिसहरु यस्तो गरिरहेका छन् ।
गुजरातमा मानिसहरू हप्ताको एकपटक गाईपालन केन्द्र गएर गोबरमा लुटपुटिने अनि दूधले नुहाउने गरेको पाइएपछि स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका हुन् । भारतमा अक्सिजन र खोपको अभाव भएपछि मानिसहरू वैकल्पिक चिकित्सा पद्धति अपनाउने गरेको पाईएको हो ।

यस्तै यो मामिलामा इन्डियन मेडिकल असोसिएशनका नेशनल प्रेसिडन्ट डाक्टर जेए जयलालले गाईको गोबर वा गहुँतमार्फत् कोरोनाविरुद्धको युद्धमा प्रतिरोधी क्षमतालाई बलियो बनाउन सकिन्छ भन्ने कुराको कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन् । उनका अनुसार यो पूर्ण रुपमा आस्थामा आधारित छ र यसले स्थितिलाई जटिल बनाउने कुरामा स्पष्टता छ ।
उनका अनुसार गाईको गोबर खाँदा जनावरबाट मानिसमा सर्ने रोगको खतरा बढ्ने गर्छ । यसका साथै यस्तो गर्दा कोरोनाको संक्रमणको खतरा पनि निकै बढ्ने गर्छ किनभने गहुँत र गोबरको थेरेपी लिन धेरै मानिसहरु एकै स्थानमा जम्मा हुन्छन् जसका कारण सामाजिक दुरीको स्थिति विग्रिएर संक्रमण फैलिने चेतावनी दिएका छन ।