संक्रमित शव व्यवस्थापन (मलामी)मा २५ जना सहभागी हुन पाउने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो लहरको कोरोना संक्रमणले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन (मलामी)मा २५ जना सहभागी पाउने जनाएको छ । सो सम्भव नभएमा नेपाली सेनाले शव व्यवस्थापन गर्ने जनाएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
त्यस्तै संक्रमित व्यक्तिको शव व्यवस्थापन तथा अन्त्येष्टी आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न सकिने मन्त्रालयको भनाइ छ । यद्यपि २५ भन्दा बढी मलामी नहुने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सहभागी हुनुपर्ने मन्त्रालयले भनेको हो ।