image
image

निर्यात बढेपनि १० खर्ब बढी व्यापार घाटा

काठमाडौँ    नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको वित्तिय विवरण अनुसार नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १७ अर्ब माथि रहेको देखाएको छ । राष्ट्र बैंकको ९ महिना (साउनदेखि चैतसम्म) को तथ्याङ्क हेर्दा समिक्षा अवधिमा कुल ११११ अर्ब ४० करोड रुपैयाँको वैदेशिक मालसामानको आयात भइरहँदा यता नेपालबाट जम्मा ९४ अर्ब ७७ करोडको मात्र निर्यात भएको छ । 

यद्यपी गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अधिकतम अधिकतम २०.२ प्रतिशतले निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा  निर्यात १२.९ प्रतिशतले मात्र वृद्धि भएको थियो । 
यस अवधिमा नेपालबाट निर्यात हुने सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), परिश्मना लगायतका वस्तुहरुको निर्यातदर बढ्दा प्रतिशत समेत बढ्न गएको बैंकले जनाएको छ । यद्यपी सो अवधिमा निर्यात वस्तुहरुमै अग्रणी मानिदै आएको पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतको वस्तुमा भने समिक्षा अवधिमा अनपेक्षित गिरावट आएको राष्ट्र बैंकले बताएको छ । 


त्यस्तै आयात गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा १३.१ प्रतिशतले वृद्धि भएको  छ । जबकी गत वर्षको सोही अवधिमा  वृद्धि ७.५ प्रतिशत मात्र रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।