वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स १६.५ प्रतिशतले बृद्धि
काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) आयात १६.५ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार ९ महिनाको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै ९ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) आयात ७ खर्ब २९ अर्ब माथि पुगेको जनाएको छ ।
गत वर्षको सोही अवधिमा ४ दशमलव २ प्रतिशतले घटेको विप्रेषण आप्रवाह ९ महिनामा अमेरिकी डलरमा १३ प्रतिशतले बृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । त्यस्तै बैंकले समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६६ दशमलव ७ प्रतिशतले घटेको जनाएको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० दशमलव २ प्रतिशले बढेको बताएको छ । ।