कोरोना भयावह : सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो
काठमाडौँ ।नेपालमा पछिल्लो २४ घन्टामा ९३०५ संक्रमित थपिएसँगै सक्रिय कोरोनाका बिरामी एक लाख नाघेर १ लाख १ हजार ६ सय ३४ पुगेका छन् । नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या एक लाख नाघेको हो । तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या सर्वाधिक छ।
सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ७८६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९३०५ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ४४४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै ३१६४६८ जना संक्रमण मुक्त (निको) भएका छन्। यो कुल संक्रमितको ७४.९ प्रतिशत हो।मंगलबारसम्म देशभर १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।