image
image

देशभर 'रेड अलर्ट' घाेषणा गर्न चिकित्सक संघको अपिल 

काठमाडौँ । कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेको भन्दै नेपाल चिकित्सक संघले देशव्यापी ‘रेड अलर्ट’ जारी गर्न अपिल गरेको छ। संघका अध्यक्ष डा लोचन कार्की र महासचिव डा बद्री रिजालले बुधबार एक अपिल जारी गर्दै नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गरेर ‘रेड अलर्ट’ जारी गरिएको बताएका छन्। 

संघले देशको स्वास्थ्य प्रणालीलाई थप ढल्न नदिन सबैले भरथेग गर्न आवश्यक रहेको पनि बताएको छ। ‘सरकारहरु, राजनीतिक दलहरु, निजी क्षेत्र, सहयोगी निकायहरु सबैले जनताको जीवन रक्षाका लागि लागि कहाँ कति योगदान गर्न सकिन्छ गरौं,’ चिकित्सक संघको अपिलमा भनिएको छ, ‘एउटा राष्ट्रिय संकल्पका साथ यो महामारीविरुद्ध लडौं। हामी कोरोना युद्धमा होमिएका छौं, दृढतापूर्वक खटिने छौं।’


त्यसैगरी संघले कोरोना संक्रमणको भयावहपूर्ण अवस्थामा सबै राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याउन र महामारीविरुद्ध जुट्न अभिभावक भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अपिल समेत गरेको छ।‘यस्तो भयावहपूर्ण अवस्थामा नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न, सम्पूर्ण नागरिकहरुको जीवन रक्षाका निमित्त सबैले हातेमालो गर्दै समन्वयात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको छ,’ संघको अपिलमा भनिएको छ। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।