चौलागाँईको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्य तथा दोलखाका पशुपति चौलागाइको निधनपछि केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने भएको छ ।
पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी चौलागाइको निधनप्रति दुःख व्यक्त गर्दै वैशाख २९ गतेदेखि तीनदिनसम्म पार्टी केन्द्रीय कार्यालयसहित जिल्ला पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिने जनाइएको छ ।