image
image

कोरोना संक्रमितले भरियो हेटौँडा अस्पताल

काठमाडौँ । हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षका सबै वेड कोरोना संक्रमितले भरिएका छन् ।कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले संचालनमा ल्याएको उक्त उपचार कक्षका सबै वेड कोरोना भाइरस संक्रमित बिरामीले भरिएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिएका छन् ।

अस्पतालले संक्रमितको संख्या बढ्दै गएपछि २० वेड क्षमतालाई विस्तार गर्दै हाल ४६ वेडको कोभिड उपचार कक्ष संचालनमा ल्याएको छ । अस्पतालमा १४ वेड आइसियू, १६ वेड एचडियू, १६ वेड स्टेप डाउन र ४ वटा भेन्टिलेटर संचालनमा रहेका छन् ।

अस्पतालमा हाल आइसियूमा १५ जना, एचडियूमा १६ जना र स्टेपडाउनमा १६ जना संक्रमितहरु उपचाररत रहेका छन् । उपचाररत ३ जना कोरोना संक्रमितको अवस्था भने गम्भीर रहेको छ । 
केही संक्रमितहरुलाई भने इमर्जेन्सी कक्षमा नै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।