अत्यावश्यक सेवा बाहेकका सबै कार्य बन्द गर्न सहकारी विभागको निर्देशन
काठमाडौँ ।निषेधाज्ञाका बीच पनि देशभर संचालित सहकारी संस्थाहरुलाई अति जरुरी बाहेकका सवै सेवा बन्द गर्न सहकारी विभागले निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मुलुकलाई आक्रान्त पार्दै लगेपछि विभागले अवस्था सहज नभए सम्मका लागि सहकारीलाई नियमित सेवा स्थगन गर्न आग्रह गरेको हो ।
संघीय सहकारी विभागले बुधबार एक सूचनामार्फत अत्यावश्यक सेवा बाहेकका कार्य बन्द गर्न भनेको हो । त्यस्तै विभागले प्रशासनको सहयोगमा र कम जनशक्तीको प्रयोगमा अत्यन्त जरुरी सेवा मात्र संचालन गर्न भनेको छ ।
संघीय सहकारी विभागले बुधबार एक सूचनामार्फत अत्यावश्यक सेवा बाहेकका कार्य बन्द गर्न भनेको हो । त्यस्तै विभागले प्रशासनको सहयोगमा र कम जनशक्तीको प्रयोगमा अत्यन्त जरुरी सेवा मात्र संचालन गर्न भनेको छ ।









