बुटवलमा अक्सिजन अभाव कारण ६ संक्रमितको मृत्यु
काठामाडौँ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डा. राजेन्द्र खनालले अक्सिजनको चरम अभाव भएको बताएका छन् । उनको भनाई अनुसार ‘दैनिक आपूर्ति हुने करिब २५० सिलिन्डर हो, खपत झन्डै ४ सय सिलिन्डर हुन्छ ।
हिजो साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म ६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । त्यसमध्ये रुपन्देहीका मात्र ५ जना रहेका छन् । मृतक एकजना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।
मृत्यु हुनेमा ५ जना पुरुष र एक महिला रहेका छन्। मृत्यु हुनेहरुमा ५७ , ७०, ३५, ३८, ४४ र ५२ वर्षका रहेको गौतमले बताए । उनीहरूमध्ये ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा र एक जना एचडीयूमा भर्ना भएका थिए ।