image
image

कोरोना खोप खरिदबारे छानबिन गर्न आयोगले माग गर्दै दायर रिट सर्वोच्च दरपीठ

काठमाडौँ। कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको औषधि, खोप र स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न आयोग गठनको माग गर्दै दायर रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायतका निकायलाई विपक्षी बनाई दायर गरेको उक्त रिट सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिएका हुन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले कोभिड–१९ नियन्त्रणसँग सम्बन्धित औषधि, खोप एवं स्वास्थ्य सामग्री खरिद र वितरण गर्ने क्रममा भएको कालोबजारीको विषयमा छानबिन गर्न डा. दवारिकानाथ ढुंगेल, सुकदेव भट्टराई खत्री र डा. गोविन्द केसी रहेको नागरिक आयोग सर्वोच्च अदालतबाटै गठन गरिदिन पनि माग गर्दै रिट दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।