किन घट्यो विश्व सेयर बजार ?
काठमाडौँ । तीव्र गतिमा फैलिदै गरेको कोरोना महामारीसँगै अमेरिकी फेडरल रिजर्भ बैंकले २ प्रतिशतले ब्याजदर बढाउने भएपछि विश्व सेयर बजारमा गिरावट आएको छ । त्यस्तै विगत लामो समयदेखि बढेको अमेरिकाको डाउ जोनमा मंगलबार १.४ प्रतिशत अथवा ४७४ अंकको गिरावट आएको छ। ब्रिटेनको फुट्सी–१०० पनि २.४७ प्रतिशतले गिरावट आएको छ। फुट्सी ७००० तल अर्थात ६९४७.९९ मा बन्द भएको छ भने डाउ जोन ३४२६९.१६ अंकमा झरेको छ।
यसैगरी एसियन, युरोपियन र ताइवनका स्टक मार्केटमा पनि गिरावट आएको छ। नास्डकमा पनि २ प्रतिशतले गिरावट आएको छ भने फ्रान्सको काक ४० र जर्मनीको ड्याक्समा पनि गिरावट आएको छ। ब्रिटिस एयरलाइन्समा पनि ७ प्रतिशतले गिरावट आएको छ। त्यसैगरी ब्रिटेनमा पनि मुद्रास्फीति बढेर गएको बताइएको छ।