image
image

चीनबाट नेपाल आइपुगे अक्सिजन सिलिन्डर र भेन्टिलेटर

काठमाडौँ । चीन सरकारले अनुदानमा दिएका चार सय अक्सिजन सिलन्डिर, १० भेन्टिलेटर नेपाल एयरलाइन्स जहाजले बेइजिङबाट मंगलबार काठमाडौं ल्याएको छ । चीनले सहायता घोषणा गरेको ५० लाख चिनियाँ युयान मूल्यबराबरका सामग्रीमध्ये पहिलो चरणमा नेपालले प्राप्त गरेको हो । नेपाल एयरलाइन्सको यही उडानबाट होङ्सी सिमेन्टका तर्फबाट उपलब्ध गराइएको एक सय ७० अक्सिजन कन्सन्ट्रेटरसमेत ल्याइएको छ । 

चीन सरकारले घोषणा गरेको ३५ सयमध्ये ३१ सय अक्सिजन सिलिन्डर दुई सातापछि ल्याउने नेपालको तयारी छ । दोस्रो चरणमा हवाईजहाजमा १६ सय तथा तेस्रो चरणमा स्थलमार्गबाट १५ सय अक्सिजन सिलिन्डर ल्याउने तयारी गरिरएको छ । नेपालले २० हजार थान अक्सिजन सिलिन्डर माग गरेको भए पनि त्यो संख्यामा अक्सिजन सिलिन्डर  उपलब्ध गराउन नसक्ने जवाफ चीनले दिएको कूटनीतिक स्रोतले जनाएको छ । 

‘नेपालमा कोरोना भाइरस (कोभिड– १९) को अवस्था बिग्रँदै गएको छ र नेपालले महामारीविरुद्ध मेडिकल उपकरणको अभाव सामना गर्नुपरेको छ । यस विषमपरिस्थिति महामारीविरुद्ध नेपाली जनताको लडाइँमा चीन सरकारले मेडिकल उपकरणहरूको आपतकालीन सहायता उपलब्ध गराउने निर्णय भएबमोजिम सामग्रीहरू उपलब्ध गराइएको हो, चिनियाँ दूतावासका प्रवक्ता वाङ सियालोङले विज्ञप्तिमा भनेका छन् । सियालोङ कोरोना भाइरस (कोभिड– १९) को महामारीमा चीन र नेपालले एक–अर्कालाई सुखदुःखमा सहयोग गर्दै आएको पनि स्मरण गर्दै आएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।