image
image

बिना अक्सिजन कोरोना संक्रमितको उपचार गर्न सक्दैनौ, काठमाडौँ उपत्यका अस्पताल

काठकाडौँ । काठमाडौं उपत्यकाका निजी अस्पतालहरुले अक्सिजनको अभाक भएको भन्दै अब थपिने नयाँ संक्रमित बिरामीलाई अस्पतालले भर्ना लिन नसक्ने बतएको छ ।

अस्पतालले माग गरेको भन्दा एकदम थोरै अक्सिजन उपलब्ध भएपछि  अस्पतालहरूले संक्रमित बिरामी भर्ना गर्न नसकिने बताएका हुन्।

ललितपुरस्थित मेडिसिटी अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै अक्सिजनको चरम अभाव रहेकाले कुनै पनि अवस्थामा बिरामीको उपचार गर्न नसकिने जानकारी गराएको छ। ‘प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डर मात्र प्राप्त हुने जानकारी पाएपछि कुनै पनि हालतमा उपचार गर्न सम्भव छैन,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै काठमाडौंस्थित नेपाल मेडिकल कलेजले मंगलबार नै अक्सिजन नपुग्ने हुँदा विरामीलाई आफ्नो व्यवस्थापन आफैं गर्न भन्दै सूचना जारी गरेको थियो। 

अस्पतालमा भएको अक्सिजनले आज मिति २०७८ साल वैशाख २८ गते लगभग साँझ ४ बजे सम्मलाई मात्र पुग्ने भएकोले यसबाट कोरोना भाइरस संक्रमित विरामीको स्वास्थ्य अवस्थामा जटिल समस्या उत्पन्न हुन सक्ने हुँदा बिरामीलाई आफ्नो व्याव्स्था आफै गर्नु हुन सुचना जारी गरिएको हो । 

स्वास्थ्य मन्त्रालयले समेत उपत्यकामा माग अनुसार अक्सिजन आपूर्ति गर्न नसकेको जनाएको छ। मंगलबार पत्रकारहरूसँग भर्चुअल कुराकानी गर्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकामा अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भएकोमा करिब १० हजार सिलिण्डर मात्र आपूर्ति गर्न सकिएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।