image

युवालाई रोजगारी र उद्यमको निःशूल्क सीप सिकाउँदै ‘रोलिङ जब’

काठमाडौँ । नेपाल कै अग्रणी अनलाइन रोजगार पोर्टल रोल्लिङ जबले निशुल्क रोलिंग नेक्सस रोजगार र उद्यमशीलता सिप विकास कार्यक्रम ल्याएको छ । रोलिङ नेक्सस इम्प्लोइमेन्ट एण्ड आन्ट्रप्रेनरसीप स्कील डेभलपमेन्टले मे महिनाभरी निशुल्क कार्यक्रम आयोजना गर्ने भएको छ । विद्यार्थी र रोजगारका  अवसर खोजिरहेका लक्षित गरि ल्याएको यो कार्यक्रम ५ हप्ताका लागि तयार पारिएको हो । 

यस कार्यक्रममा अग्रिम दर्ता गराइ निशुल्क रुपमा Resume Writing Workshop, Customer Service Skills Workshop, Digital Marketing Workshop संगै नेपालको मानव संसाधन क्षेत्रमा युवा नेतृत्व, नेपालमा परामर्श कम्पनीहरूका लागि सम्भाव्यता र चुनौतीहरू, नेपालको मानव संसाधन क्षेत्रमा रूपान्तरण विषयहरुमा हुन गइरहेको अनलाइन सेमिनार हरुमा सहभागि जनाउन सकिने जानकारि कार्यक्रमका मुख्य आयोजक रोलिग्ङ जवका भाइस प्रेसिडेन्ट प्रभास राइले दिए । 

यसैगरी, कार्यक्रममा सहभागीहरुले आईटी, ईकमर्स, आईएनजीओ, दूरसञ्चार क्षेत्रहरु र बैंकका नेतृत्व पदमा रहेका पेशेवर र उद्यमीहरूसँग छलफल गर्न पाउनेछन् ।

आयोजकका अनुसार अग्रिम दर्ता गरेमा जो कोहीले पनि यस पहलमा भाग लिन पाउनेछन् । दर्ता फारम साप्ताहिक आधारमा आधिकारिक रोलिङ नेक्ससको फेसबुक पेजमा मे महिनाभर उपलब्ध हुनेछ । लकडाउन को समयलाइ सिर्जनशिल र उपयोगी बनाउन सबै  बर्गमा र बिशेष गरी युवा बर्ग यो  कार्यक्रममा सहभागी हुन आयोजक रोल्लिङ जबले आग्रह गरेको छ ।

कम्पनीले युवालाई स्वरोजगार बन्न र उद्यमी बन्न प्रोत्साहन गर्ने यस कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
25%
perfect उत्तम
0%
surprise अचम्म
25%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।