अक्सिजनको अभावमा अस्पतालबाट निकालिए बिरामी
काठमाडौँ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आफ्नो व्यवस्था आफै गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गरेको थियो।
अक्सिजन उपलब्ध गराउन नसकेको हुनालो बिरामीलाई डिस्चार्ज गर्न लागिएको नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी गराएको सूचनामा उल्लेख थियो । सूचनापछि उपचाररत कोरोना संक्रमित र उनका आफन्त आत्तिए । ‘राति पनि अक्सिजन चाहिनेजति दिइएन । बिहान त अक्सिजनै सकिने सूचना आयो,’ एक संक्रमितका आफन्तले भने ।
उक्त सूचनापछि बन्दोबस्त मिलाएर २२ जना अन्यत्रै गएका छन् । जसमा आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमित पनि छन् । संक्रमितको संख्या हरेक दिन बढे पनि अक्सिजन पाउनै समस्या भएपछि भर्ना भएका बिरामीलाई पनि डिस्चार्ज गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका निर्देशक डा.राजेशकिशोर श्रेष्ठले बताएका छन् ।