उपचार नपाउँदा संक्रमितको मृत्यु तेब्बर
काठमाडौँ । नेपालमा कोरोना भाइरसको महामारी कस्तो अवस्थामा पुगेको छ भन्ने कुरा पछिल्लो तीन दिनको मृत्युदरले देखाउँछ । मंगलबार मृतक संख्या २२५ पुग्यो । मृतक संख्या तेस्रो दिनमै झण्डै तेब्बर बढ्दा अस्पतालहरुमा अक्सिजनको अभाव छ भने कतिपय अस्पतालले कोरोना भाइरस संक्रमित बिरामी भर्ना नलिने घोषणा समेत गरेका छन् ।
१० दिनअघि कोरोना संक्रमणबाट २८ जनाको मृत्यु हुँदैमा संक्रमितले अस्पतालमा बेड पाउन छाडेका थिए । ७ दिनअघि ५३ जना संक्रमितको मृत्यु हुँदा अस्पतालहरुमा अक्सिजनको अभाव चर्किसकेको थियो । अस्पतालमा बेड र अक्सिजन अभावको परिणामस्वरुप मृतक संख्या तीब्र रुपमा बढेको हो ।
कोरोना संक्रमितको उपचार गर्दै आएका अस्पतालका अधिकारीहरुको भनाइले पनि यो कुराको पुष्टि गर्छ । पाटन अस्पतालका कोभिड फोकल पर्सन डा. विमल पाण्डे पछिल्लो समय आईसीयूमा राख्नुपर्ने बिरामीले अस्पतालमा बेड नै नपाउने र भर्ना भएका बिरामीले आवश्यक मात्रामा अक्सिजन नपाउँदा मृत्यु संख्या बढेको बताउँछन् ।
टेकु अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोला अस्पताल आइपुग्ने अधिकांश संक्रमितको फोक्सो बिग्रिसकेको हुने बताउँछन् । उनका अनुसार सिकिस्त अवस्थामा अस्पताल आएकालाई उपचारले बचाउन कठिन हुन्छ । ‘सुरुवातमै संक्रमितले सही सल्लाह लिएर औषधि नखाएका कारण अस्पताल आइपुग्दा धेरै ढिलो भइसक्छ, त्यसमाथि अस्पतालमा बेड खोज्दाखोज्दै समस्या जटिल भइसक्छ’ डा. बास्तोला भन्छन् ।
त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा। सन्तकुमार दास पनि जटिल अवस्थाका बिरामीले समयमा उपचार पाउन नसक्दा मृत्यु बढेको बताउँछन् । ‘अक्सिजन अभावले अझ यो भन्दा ठूलो ‘डिजास्टर’ हुन सक्छ, किनकी यति धेरै सिकिस्त बिरामी आउँछन् कि अक्सिजन दिंदादिंदै पनि बचाउन सकिदैन’ उनी भन्छन् ।
बाँकेमा गएको २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये भेरी अस्पतालमा मात्रै ६ जनाको मृत्यु भएको थियो । सामान्य नागरिक अस्पतालको पहुँचमा पुग्न नसकेकाले मृत्यु बढेको भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा। राजन पाण्डे बताउँछन् ।
भेरी अस्पतालमा आईसीयू बेड कुर्दाकुर्दै दैनिक २ देखि ४ जना संक्रमितको मृत्यु हुने गरेको छ । सरकारी अस्पतालमा जनशक्ति पनि कम भएकाले उपचार प्रभावकारी हुन सकेको छैन । ‘यो बेला राज्यले निजी र सरकारी दुबै स्थ्य संस्थाको स्रोत, साधन र जनशक्ति मैदानमा खटाउन सक्नुपर्ने हो तर नसकेकाले अवस्था झन् झन् बिग्रदो छ’ डा. राजन पाण्डे भन्छन् ।
महामारी भयावह अवस्थामा पुगेका बेला देशभर अक्सिजन अभाव चर्केको छ । त्यसैले धेरै अस्पतालले बिरामी भर्ना गर्न नसक्ने बताएका छन् भने कतिपय अस्पतालले बिरामी पक्षलाई नै अक्सिजन जोहो गर्न लगाएका छन् ।
किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठक मृत्यु बढ्नुमा अक्सिजन अभाव नै मुख्य कारण रहेको बताउँछन् । ‘अस्पतालको आँगनमा आएका बिरामीलाई अक्सिजन नभएर फर्काउनुपरेको छ, उनीहरु अर्को अस्पतालमा जाँदा बाटोमै मृत्यु भएको सुनिन्छ’ पाठक सुनाउँछन् ।
ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा। ज्योतीन्द्र शर्मा हाइफ्लो अक्सिजन चाहिने बिरामीबाहेक अरुलाई भर्ना गर्ने अवस्था नभएको बताउँछन् । ‘जति धेरै जटिल बिरामी अस्पालमा हुन्छन्, मृत्युको संख्या त्यति नै बढ्छ’ उनी भन्छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ८९ हजार ९ सय १४ जना संक्रमित होम आइसोलेसनमा छन् । होम आइसोलेसनमा धेरै संक्रमित हुनु पनि मृत्यु संख्या बढ्नुको कारण बनेको जनस्वास्थ्यविद डा। शरद वन्त बताउँछन् । ‘होम आइसोलेसनमा भएकाहरुले ख्याल गर्दा गर्दैपनि सिकिस्त भएको खण्डमा अति आवश्यक सेवा नपाएर अकालमै ज्यान गुमाएका छन्’ डा। वन्त भन्छन् ।
भेरी अस्पतालका डा। पाण्डे स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक भन्दा मृतक संख्या बढी रहेको बताउँछन् । उनका अनुसार धेरै गाउँमा भाइरल ज्वरोको कारणले मृत्यु भइरहेको छ, तर त्यहाँ मृत्यु हुनेहरुको परीक्षण भएको छैन । ‘अहिले सार्वजानिक भएको मृत्यु अस्पतालमा भएकाहरुको मात्र हो, त्यति नै मृत्यु गाउँ गाउँमा भइरहेको छ’ डा. पाण्डे भन्छन् ।