image
image

कोरोनाविरूद्ध खटेका पत्रकारलाई नि:शुल्क उपचार गर्न महासंघको माग

काठमाडौँ । नेपाल पत्रकार महासंघले कोरोनाविरूद्ध लडाइँमा खटिएका पत्रकारलाई नि:शुल्क उपचारको माग गरेको छ।  फ्रन्टलाइनर घोषणा गरी स्वास्थ्य र सुरक्षाका उचित प्रवन्ध गर्न महासंघले सरकारसँग माग गरेको अध्यक्ष विपुल पोख्रेलले बताए।

आज बसेको महासंघको दोस्रो केन्द्रीय समिति बैठकले पत्रकारलाई वीमा र इन्टरनेट सुविधा व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। त्यस्तै कोरोना संक्रमणबाट पीडित भएका पत्रकार तथा संकटग्रस्त सञ्चार माध्यमलाई राहतको प्याकेज उपलब्ध गराउनुपर्ने पनि माग गरिएको छ । 

साथै महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा एम्बुलेन्सदेखि हेलिकोप्टरमा चर्को भाडा लिने गरेको गुनासो आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षणसमेत गरिएको उल्लेख छ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।