ईरानले आफ्नै देशमा शुरु गर्यो खोप उत्पादन
काठमाडौँ । इरानले कोरोना भाइरसविरुद्धको खोप स्वदेशमै उत्पादन गर्न थालेको छ । खोप उत्पादन सुरु भएसँगै इरानी स्वास्थ्य मन्त्रालयलाई तीन लाख डोज बराबरका कोरोना खोप प्रदान प्रदान गरिएको इरानी समाचार माध्यम तास्निमले जनाएको छ ।
त्यस्तै मे महिनाभित्रमा १० लाख कोभिरान उत्पादन गरिने इरानी अधिकारीले बताएका छन् । आइतबार राष्ट्रपति हसन रोहानीले उच्च जोखिममा रहेका १ करोड ३० लाख मानिसलाई जुलाई २२ सम्ममा कोरोना खोप लगाउने योजना सार्वजनिक गरेका थिए ।