image
image

अक्सिजन उत्पादनले धनेन माग

काठमाडौँ । कोरोना महामारी तीव्र गतिमा फैलीरहदाँ अक्सिजन उत्पादनले माग नधान्ने भएको छ । माग बढेपछि नेपालमा उत्पादन भइरहेको अक्सिजन क्षमताले नधान्दा हाहाकार सृजना भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण आर्यालले हाल दैनिक १५ हजार सिलिन्डर अक्सिजन माग भइरहेको बताउँदै सचिव अर्यालले अस्पतालहरूसँग १० हजार सिलिन्डर मात्रै रहेको बताए ।२०० वेडभन्दा भएका अस्पतालले वर्तमान समयमा अक्सिजन प्लान्ट चाहेको खण्डमा स्वास्थ्य मन्त्रालय तयार रहेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताए । 

यस्तै स्वास्थ्य सामग्री खरिदका लागि १४ अर्ब बजेट अर्थमन्त्रालयबाट सुनिश्चितता भएको सचिव आर्यालले बताए ।  अस्पताल भर्ना हुने बिरामीलाई बेडभन्दा पनि अक्सिजनसहितको बेडको आवश्यकता परेको मन्त्री त्रिपाठीले बताए । आउँदो असार महिनासम्म ५ लाख ६६ हजार सिलिन्डर चाहिने आँकलन मन्त्रालयले आँकलन गरेको छ ।  
       
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।