image
image

कोरोना उपचारका लागि अक्सिजनको अभाव हुन नदिन सरकालाई सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस ९कोभिड–१९० संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन सरकारलाई आदेश दिएको छ। 

न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गर्दै भनेको छ, “संक्रमितको उपचारका लागि आवश्यक पर्ने औषधी र अक्सिजनको आपूर्ति सहज बनाउनू, थप साधनयुक्त अस्पतालहरू संचालनमा ल्याउनू साथै अस्पतालहरूमा विरामीहरूको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ती तत्काल गर्नू।”

अधिवक्ता शैलेन्द्रप्रसाद अम्वेडकरले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले संक्रमित व्यक्तिहरू दिनदिनै अत्याधिक रुपमा बढ्दै गइरहेकोले कोही पनि उपचारबाट बिमुख हुन नपर्ने व्यवस्था गराउन सरकारका नाममा आदेश दिएको हो।

अन्तरिम आदेशमा सर्वोच्चले कोभिड संक्रमण र नागरिकको जिउज्यानसँग सम्बन्धित विषयवस्तु भएको निवेदनलाई चाँडै टुंगो लगाउनुपर्ने भन्दै ९ जेठ सुनुवाइ गर्न भनेको छ। स्वास्थ्य मन्त्रालय लगायतका सरकारी निकायले त्यसअघि नै सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउनुपर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।